संगीतकर्मी कल्याणकारी कोषमा स्रष्टा रमेशराज भटटराई द्धारा ५ हजार सहयोग :दाङको करोड पानी अभियानलाई पनि ५ हजार
अमेरिकामा रहेका कवि एबं समाजसेबी राकेश काफले द्धारा ३० हजार १ सहयोग गर्ने घोषणा -इजरायलमा रहेकी समाजसेवी रिता क्षेत्रीले २० हजार दिने
संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा युवा पुस्ताका चर्चित गायक तथा संगीतकार एबं संगीत रोयल्टी संकलन समाज नेपालका कार्य समिति सदस्य रमेशराज भटटराईले ५ हजार सहयोग गर्नु भएको छ । यस अघिको प्रतिबद्धता अनुसार भटटराईले दाङको करोड पानी अभियानलाई पनि ५ हजार सहयोग हस्तान्तरण गर्नु भएको छ । भटटराईले आफनो प्रस्तुतिका लागि देश बिदेश जानु परेकाले सहयोग रकम हस्तान्तरण गर्न केहि ढिला भएको बताउनु भएको छ । उहाँले दुबै पुण्य कार्यमा जोडिन पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । उहाँले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ ।
यसैबीच अमेरिकामा रहेका कवि एबं समाजसेबी राकेश काफलेले कल्याणकारी कोषमा आफनो र आफु सम्बद्ध संस्था भुटानी ढुकढुकिको तर्फबाट ३० हजार १ रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सहयोग रकम केहिदिनमै हस्तान्तरणको ब्यबस्था मिलाउने काफलेले जानकारी दिनु भएको छ । काफले अमेरिकामा बसेर पनि नेपाली साहित्य सृजना संगै सामाजिक अभियानमा हुनुहुन्छ । गीती संग्रह , र पुस्तक प्रकाशनमा सकृय काफले अहिले पुस्तकालय स्थापनामा जुटनु भएको छ । उहाँँले कल्याणकारी कोष बृद्धिका लागि सक्दो पहल गर्ने पनि बचन दिनु भएको छ । त्यसैगरी काठमाण्डौ नारायणथान घर भै हाल कामको शिलशिलामा इजरायलमा रहेकी संगीत पारखी एबं समाजसेबि रिता क्षेत्रीले आफनो तर्फबाट २० हजार रुपैया कोषमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । परोपकारी संस्था नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाकी आजिवन सदस्य समेत रहनु भएकी रिताले सहयोग रकम छिटटै पठाउने बताउनु भएको छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आफु पनि जोडिन पाउदा गर्ब लागेको बताउदै क्षेत्रीले इजरायलमा रहेका नेपालीहरु संग पनि सहयोगका लागि पहल गर्ने बचन दिनु भएको छ ।
संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । कल्याणकारी कोषको हरेक महिनाको एक गते सबै बिवरण सार्बजनिक हुने गरेको छ । फागुन महिना सम्मको चौथो विवरण अनुसार कोषमा ५ लाख २२ हजार ३५६ रुपैया जम्मा भएको छ ।
सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ ।
अहिले सम्म ३ जना सर्जक एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट ८९ हजार ९सय ६७ रुपैया सहयोग गरिसकिएको छ ।