पत्रकार नेमिष गौतमको उपचार सहयोगका लागि संगीतकर्मी कल्याणकारी कोष बाट २२ हजार ३५६ रुपैया सहयोग

 गीतकार कुमार पौडेल शंकरद्धारा कोषबृद्धिका लागि ७ हजार ५०० रुपैया हस्तान्तरण
चलचित्र पत्रकार संघका सदस्य नेमिष गौतमको उपचार सहयोगका लागि संगीतकर्मी कल्याणकारी कोष बाट २२ हजार ३५६ रुपैया सहयोग गरिएको छ । टाउकोको गम्भीर चोटको शल्यक्रिया पछि बीर अस्पतालको ट्रमा सेन्टरमा थप उपचार गराइरहेका गौतमको उपचारमा सहयोग पुगोस भनेर कोषबाट उक्त रकम हस्तान्तरण गरिएको हो ।17264899_10212674686892093_7066155974406289507_n गौतमको स्वास्थ्य अबस्थाबारे जानकारी लिन र सहयोग रकम हस्तान्तरण गर्न कोषका अध्यक्ष समेत रहनुभएका संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष , कोषाध्यष हरि लम्साल र संघका प्रेस सल्लाहकार एबं गीतकार लोकराज अधिकारी अस्पताल पुग्नु भएको थियो । गौतमले स्वास्थ्यमा सुधार आएकाले दुई तिन दिनमा डिस्चार्ज हुन सक्ने आशा ब्यक्त गर्नु भएको छ । सहयोग रकम हस्तान्तरण पछि संगीतकार संघका अध्यक्ष शेषले कोषको स्थापना भरखरै मात्र भएको र प्रारम्भिक चरणमा रहेकोले चाहेर पनि धेरै सहयोग गर्न नसकिएको बताउनु भयो । उहाँले संगीतकर्मीलाई आपत बिपत पर्दा सबै खर्च कोषबाट गर्न सकिने बनाउने सपना कोषले देखेको र त्यो बाटो तर्फ अग्रसर रहेको बताउनु भयो ।
यसैबीच आजै संगीतकर्मी कल्याणकारी कोषमा पोखरा घर भै हाल इजरायल बस्दै आउनु भएका गीतकार कुमार पौडेल शंकरले ७ हजार ५०० रुपैया सहयोग गर्नु भएको छ । गीतकार पौडेलले पठाएको सहयोग रकम गायक तथा संगीतकार सिडी बिजय अधिकारीले संगतिकार संघ नेपालका प्रेस सल्लाहकार लोकराज अधिकारीलाई हस्तान्तरण गर्नु भएको हो । 17354818_10212676524858041_1513123376_nगीतकार पौडेलको केहि समय पहिले मायाको फूल नामक एल्वम सार्बजनिक भैसकेकोको छ ।17354795_1447574365315131_299060274_n गीतकार पौडेलले कोषमा जोडिन पाएकोमा खुसी ब्यक्त गर्नु भएको छ ।
संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ ।
कल्याणकारी कोषको हरेक महिनाको एक गते सबै बिवरण सार्बजनिक हुने गरेको छ । फागुन महिना सम्मको चौथो विवरण अनुसार कोषमा ५ लाख २२ हजार ३५६ रुपैया जम्मा भएको छ ।
कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । अहिले बिभिन्न क्षेत्रका दाताहरुबाट झण्डै ८ लाख रुपैयाको प्रतिबद्धता आइसकेको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेकोे छ । अहिले सम्म ३ जना सर्जक एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट ८९ हजार ९सय ६७ रुपैया सहयोग गरिसकिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907