UNCON ले स्थापनाको तेश्रो दिवस मनाउने

मार्च ९, डालस । स्वयंसेवा, दान र संलग्नता भन्ने तीन मूल मन्त्रका साथ स्थापना भएको बिशुद्द समाजसेवी संस्था अनकन (UNCON )ले आफ्नो स्थापनाको दिवस यहि आउँदो शनिबार अर्थात् मार्च ११ मा बिभिन्न कार्यक्रमहरु गरी भब्य रुपमा मनाउने भएको छ । संस्था द्वारा प्रकाशित सूचना अनुसार उक्त कार्यक्रम प्लेनो स्थित ओक पोइन्ट पार्कमा सम्पन्न हुनेछ । बिहान ९ बजे रक्तदान कार्यक्रम हुनेछ दुइ बजेसम्म । २ देखि ३ सम्म मेकिनी स्थित घरबारबिहिनहरुको केन्द्रको सहयोगार्थ कार्यक्रम हुनेछ भने ३ देखि ४ बजे सम्म प्लेनो स्वतन्त्र बिद्यालय जिल्लाको कक्षा कोठाको लागि आबस्यक श्रोतको सहयोगको लागि एउटा कार्यक्रम गरिने छ । बिहान ९ देखि २ बजे सम्म हुने रक्तदान कार्यक्रम कार्टर ब्लड केयरको सहभागितामा हुनेछ भने त्यसको लागि डालस एभरेस्ट लायन्स क्लब र अमेरिकाका रक्तदाताहरु अर्थात् बिडीएले सघाएका छन् ।

1

दिनभरका यी फलदायी कार्यक्रम पश्चात अपरान्ह ४:३० देखि ६ बजे सम्म संस्थाको आफ्नै बिशेष कार्यक्रम हुनेछ । उक्त अबसरमा संस्थाले गतबर्ष गरेका गतिबिधि, कार्यहरु बारे जानकारी गराइनेछ । कार्यक्रममा प्लेनो सिटिबाट आउने प्रतिनिधिले सम्बोधन गर्नेछन् भने नेपाली समुदायमा रहेर समाजसेवामा संलग्न अतिथिहरुले पनि आफ्नो विचार राख्नुहुनेछ । सोहि अबसरमा नेपालको सुदुर पश्चिममा रहेको छाउपडी प्रथाको बारेमा संस्थाले तयार पारेको सामग्री समेत प्रस्तुत गरिनेछ । महिनावारी हुँदा महिलाहरुले केकस्तो सामाजिक कुरीतिको शिकार हुनुपर्छ भन्ने बारेमा उक्त सामग्रीमा प्रस्तुत गरिएको छ । त्यसपछि हल्का खानेकुराको व्यवस्था छ र कार्यक्रम औपचारीक रुपमा अन्त्य हुन्छ ।

UNCON २०१४ मा अमेरिकाको टेक्सासमा दर्ता भएको गैर नाफामुखी र गैरराजनीतिक संस्था हो । जति सकिन्छ गर्ने र जे सकिन्छ गर्ने भन्ने यो संस्थाको मुख्य उद्देस्य हो । आफ्नो जन्मभुमिको सेवाको लागि यसले स्थापना कालदेखि नै बिभिन्न कामहरु गर्दै आएको छ । संस्था संचालन गर्न अमेरिकामा समिति पनि गठन गरिएको छ भने सम्पूर्ण सदस्यहरु पूर्ण रुपमा स्वयंसेवी हुनुहुन्छ । संस्थामा रहेका सबै जसो समाजसेवामा बिभिन्न तरिकाले संलग्न हुनुहुन्छ भने संस्थाको अध्यक्ष प्रकाश गौतम हुनुहुन्छ । नेपालमा पनि सल्लाहकार र प्रतिनिधिहरु हुनुहुन्छ जसले अमेरिकाको टीमसंग समन्वय गरेर स्थानीय परियोजनाहरु संचालन गर्छ । डालस वरपर सामाजिक संस्था खोल्ने होडबाजी चले पनि UNCON ले छोटो समयमा धेरै समाजसेवा गरेर एक उदाहरण बन्न सफल भएको छ । यस अबसरमा हामी पनि UNCON को समाजसेवाको यात्रा निरन्तर र अरु घनिभूत चालोस, बार्षिक दिवसको अबसरमा हाम्रो यहि शुभकामना !

संस्थामा अध्यक्ष सहित नरेश राज पाण्डे, थलराज पन्त, विलास उपाध्याय, बटुक राज बिस्ट, देवेन्द्र शाह, अग्नि संजेल, प्रदिप अधिकारी, बिनोद जोशी, लक्ष्मी शर्मा ओली, सुजन पाण्डे, अच्युत रिजाल, नितेश पाण्डे, नविन प्याकुरेल लगायत सक्रिय स्वयंसेवीहरु हुनुहुन्छ

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907