कोहि त पक्कै आँउदै छ
अहिले यतिबेला नेपालामा रबिन्द्र मिश्रले बीबीसी जस्तो प्रतिष्ठित सञ्चारमाध्यमबाट राजीनामा दिएर, नेपालजस्तो गरिब देशमा राजनीति गर्न हाम्फाल्ने निर्णय गरेको कुराले निकै चर्चा परिचर्चा पायको छ । उनले मासिक ७ लाख रुपैयाँ तलब, गाडी र परिवारको स्वास्थ्य बिमासहितको आकर्षक जागिर छाडेर नयाँ पार्टी खोल्ने निर्णय गरे । बीबीसीको नियम अनुसार उनले ६५ वर्षको उमेरसम्म काम गर्न पाउँथे । हाल ५१ वर्षमा दौडिरहेका मिश्रका लागि अझै १४ वर्ष जागिरको चिन्ता थिएन । यति राम्रो नाम र दाम कमाइरहेका बेला उनले लिएको कडा निर्णयलाइ सर्बत्र चासो हुनुलाई अन्नेथा लिनु हुँदैन ।
उनको यस कदमको पत्रपत्रीका समाजिक सन्जालहरुमा बिभिन्न खालका प्रतिकृयाहरु आयका छन । कतिपय सकारात्मक छन आसा जगाउने खालका छन भने कितिपय नकारात्मक खालका छन । ब्यैयक्तिक स्वतन्त्रता छ, अभिब्यक्ती स्वतन्त्रता छ सबैले प्रतेक घटना परिघटनलाई आ-आफ्नै किसिमले बिश्लेशण गर्नु अनौठो पनि होइन ।
आदर्शको जिबन र बास्तबिक जिबन बिल्कुल फरक हुन्छ । आदर्सका कुरा मिठाहुन्छन आक्रसक हुन्छन । तर राजनिती आदर्सले चल्दैन । राजनीतिमा आदर्श भनेको बोल्नका लागि मात्र हो । जब व्यवहारमा लागिन्छ, त्यसपछि धेरै कुरा सोचाइभन्दा भिन्न हुन पुग्छन् । शून्यबाट राजनीति सुरु गर्न लागेका मिश्रले राजनीतिप्रतिको आदर्श सपना र व्यावहारिक यथार्थहरुको मुठभेड हुँदा आफूलाई कसरी जोगाउलान्? यो पर्ख र हेर बाहेक अरुके गर्न सकिन्छ र ।
अहिले सबैले नेपाल र नेपालीको समृद्धि चाहका छन । पुराना दल र शाशकले गरेको अकर्मन्यता, भ्रस्टाचार र कुसासनलार्इ हटाउन अगाडी तम्सनु पर्छ भन्ने मान्नेताले अहिले केहि अग्रजहरु अगाडी तम्सेका छन । पुराना दलका पुराना सिमित नेताहरुले गरेको गल्ती, कमजोरी र सीमित स्वार्थबाट बन्धक बनेको देशले निकाश पाउनुपर्ने कुराप्रति सबैको एकमत देखिन्छ । यही कुरालाई केही हदसम्म बैचारिक तथा कार्यगत रुपमा रबिन्द्र मिस्र लगायतका ब्यक्तिले उठाउन्दा यस कुरालाई आजको दिनमा आम बुद्धिजीवी, युवा र परिवर्तन चाहने नेपाली सहमत रहेका छन ।
हो यतिबेला राजनीति शब्द मात्रले पनि मानिसको मनोविज्ञानमा नकारात्मक तस्बिर निर्माण गरेको छ नेपालमा । राजनीति फोहोरी खेल हो भन्छौं तर त्यसलाई सफा गर्न हामी तयार भएनौं, तेसतर्फ तपाईं हामी लागेनौ त्यही भएर राजनीति गर्ने निर्णय गरेकालाई फोहोर सफा गर्छौ भनेकालाई स्वागत छ । असाधारण रूपले स्रोत र साधन सम्पन्न तर राजनीतिक कारणले सधैंअस्थिर र अविकसित देशको भविष्य निर्माण गर्छु भनेर देशमै बसेर अगाडी बढेका सच्चा सपुतहरुलाई मेरो सलुट छ । देशको नेतृत्व गरेर नेपाली राजनीतिको चरित्र र सिंगो देश नै रूपान्तरण गर्नका लागि अगाडी बढेका सच्चा ब्यक्तिहरु (हो कोही खराब पनि छन जुन देशमा पनि हुन्छन्) राजनितिलाई कमाइ खाने भान्डो बनायका छन भन्न उपयुक्त हुँदैन ।
हाम्रो देश नेपालको शत्रु गरिबी, अभाव, भ्रष्टाचार, बेरोजगारी, पछौटेपन हुन । यिनीहरुलाई समाप्त पार्न सबैसित हात मिलाएर अगाडि बढ्न नयाँ पार्टिहरु लाग्नु पर्द्छ । अहिले देखियका अस्थिरता राजनैतिक गतिरोधले मुलुक बन्धक भैराखेको छ । तत्काल यस्लाई सम्वाद, समझदारी र सहकार्यको मध्यमबाट निराकरणमा लाग्नलाई अहिले सत्तामा शक्तिमा रहेका पार्टीहरुलाई मिलाउन समन्वयकारी भूमिका निर्बाह गर्न सक्नु पनि यिनिहरुको भूमिका हुनु पर्दछ ।
जुनसुकै काम गर्न सकारात्मक सोच र सृजनशीलता आबस्यक पर्छ । यदी सकारात्मक सोच र सृजनशीलता भएमा वर्तमान राजनीति परिवर्तन गर्न नसकिने कुरै छैन । राजनिती गर्न चुनौती छन तर सकारात्मक सोच राखेर आफ्नो प्रयास जारी राख्ने हो भने चुनैतीहरुलाई पाखा लगाउन सकिन्छ ।
हुनत यतिबेला दलहरुलाई लोकतान्त्रीकरण गर्ने, पारदर्शी बनाउने, तिनमा सक्षम र इमानदार व्यक्तिहरुलाई अगाडि बढाउनु आबस्यक छ नकी नयाँ नयाँ पार्टी स्थापना गर्नु । प्रतेक दलहरुमा कुनै व्यक्ति विशेषको उदयमा नागरिक समाज, सञ्चार माध्यम आदिले निकै ठुलो प्रभाव पार्न सक्छन् । तत्कालीन माओवादीमा डा भट्टराई, काङ्ग्रेसमा गगन थापा अनि एमालेमा रवीन्द्र अधिकारीहरुलाई त्यो ठाउँमा पु¥याउन नागरिक समाज र सञ्चारकर्मीको मुख्य हातछ । दलहरुको रुपान्तरणमा नागरिक समाजले निकै प्रभावकारी भूमिका निर्वाह गर्नसक्छ । भन्नुको अर्थ नयाँ पार्टी बनाउनु भन्दा असल नागरिक समाजको नागरिकहरुको भूमिका निभाउनु नागरिकहरुको महत्वपूर्ण कार्य हुनजान्छ ।
नया राजनैतिक पार्टि खुल्लने सन्दर्भमा नयाँ शक्ति नेपाल र विवेकशील नेपाली दल हाम्रो नेपालामा अगाडीनै नयाँ राजनीतिको सुरुवात गर्ने अठोट लिएर अघि बढेका छन । यिनिहरुले पनि सुशाशन र सदाचारितालार्इ मुलमन्त्र बनार्इ राजनीतिक गतिविधि अगाडी बढायका छन । यसमै थप पार्टी जन्माउनु भन्नदा अहिलेलाई पुराना शक्ति, संरचना, भ्रस्टाचार, कुशासन बिरुद्ध मोर्चाबन्दी गर्न सम्पूर्ण परिवर्तन, विधिको शासन र सम्वृद्धि चाहने शक्तिहरु एक हुनु अपरिहार्य छ । नयाँ शक्ति, साझा पार्टी र विवेकशील नेपालीहरू मिले कांग्रेस, एमाले, माओबादी राप्रपा जस्ता पुराना शक्तिलाई पछाडि धाकेल्न सक्दछन । यदी यि शक्तीहरु मिलेर गयको खण्डमा आउँदो निर्वाचनमा पहिलो शक्ति बनेर उदाउने सम्भावना प्रवल रहन्छ । अनिपो देशलाई सांचिकै बिकाशको मार्गमा जुरुक्क उठाउन सकिन्छ ।
नेपाल ‘सुन्दर, शान्त र विशाल’ हुनु पर्छ । मुलुकमा परिवर्तनको जिम्मेवारी पाएका दलका नेताहरूले यसो गर्न सकिरहेका छैनन । उनीहरू विधि, विधान र प्रक्रिया मिचेर आफूखुसी निर्णय गर्ने काम गरिरहेका छन जस्ले जनातामा ब्यापक निरासा छायको छ । प्रमुख राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्र, मधेसी मोर्चा आदि अलगअलग पार्टी भए पनि अन्तर्वस्तु एउटै हो जस्तो देखियको छ । यिनिहरुको व्यवहार र कर्म एउटै छ । सबै दलका अधिकाम्स नेतामा योग्यता कुसल राजनितिक क्षेमता छैन ।
हामी सबै नेपालिले सुन्दर, शान्त मुलुकको नागरिकका रूपमा जीवन बिताउन पाउनु पर्छ । यो अवस्था अबको १०-१५ बर्ष भित्रल्याउन कोहिन कोही निस्वार्थ भाबले लाग्नै पर्छ । सर्वसाधारणले बिस्तारै विकल्प खोज्नुपर्ने अवस्था आइसकेको छ खोजिरहेका पनि छन । राजनीतिक–सामाजिक परिवर्तनका अजेन्डामा धेरै अगाडि आइपुगे पनि अब मुलुकलाई विकास निर्माणको बाटोमा हिँडाउने सक्तिलाई नेपाली जनताले खोजेर बसेका छन । आगामी संसदीय निर्वाचनसम्ममा मुलुकमा कुनै विकल्प आउनु पर्छ जनाता त्यसको प्रतिक्षमा छन ।
हुनत पुराना दलले पनि आफूलाई सुधार गरे भने सर्वसाधारणले पत्याउने अवस्था आउँछ उनिहरु सँग जनातापनी छन सजिलो पनि हुन्छ अगाडी बढ्नलाई । यदी यहिले सक्तिमा रहेकाहरु नफेरिने हो वा वा नयाँ शक्तिहरू नआउने हो भने मुलुकको अवस्था धराशयी हुनेछ। यो अवस्था आउनु हुन्न भन्दै केहि ब्यक्तिहरु लागी परेकाछन । नेपाल फेर्न सक्ने गरी आउने शक्तिलाई स्वागत गर्न नेपाली फुल माला बोकेर बसेकाछन । सकारात्मक सोच राखौ हाम्रो मातृभुमी अबस्य सफल हुनेछ । कतै रबिन्द्रहरु नै यो सफलताको लागी योग्य छनकि बिचार गरौ ।
सुरेन्द्र रेग्मि
टेक्सास अमेरिका