ट्रंपको विदेश नीति र नेपाली आप्रबाशीहरुको चासो

फेब्रुअरी ६, वाशिंगटन। डोनाल्ड ट्रंपले रास्ट्रपतिको सपथ लिएको दुइ हप्ता बल्ल पुगेको छ तर बिस्वले २ बर्ष जस्तो अनुभव गरिसकेको छ। यसको कारण उनले मेडिया र संसारभर ल्याएको अनपेक्षित तरंग हो। हिजो अमेरिकामा सुपर बल भनिने अमेरिकी फुटबलको फाइनल खेल थियो। त्यहि अबसरमा बिल ओ राइलीले ट्रंपसंग १० मिनेट लामो अन्तरबार्ता लिएका थिए। उक्त अन्तरबार्ताले ट्रंपले अमेरिकाको विदेश नीतिमा पूर्ण परिबर्तन हुने स्पस्ट संकेत गरेका छन्। उनले अमेरिकाका पुराना हितैषी मित्रहरुलाइ चिढ्याउदै छन् भने नयाँ देशहरुलाई मित्र बनाउने रणनीतिमा देखिन्छन। बिशेष गरी रसियाको बिषयमा उनको धारणा अरु रास्ट्रपतिहरुको भन्दा पुरै भिन्न देखिन्छ।

1

रसियन रास्ट्रपति भ्लादिमिर पुटिन बारे बिलले सोधेको प्रश्नमा उनले पुटिनलाइ आफुले मन पराउने स्पस्ट गर्दै आतंकबाद बिरुद्धको लडाइमा पुटिनको सहयोग भयो भने त्यो राम्रै हुने र रसियासंग झगडा गर्नु भन्दा मिल्नु नै ठिक हुने कुरा व्यक्त गरेका छन्। बिलले पुटिन त ज्यानमारा हुन् नि भन्ने बिचारको बदलामा ट्रंपले अमेरिका पनि निर्दोष नरहेको र त्यस्ता ज्यानमारा अमेरिकामा पनि प्रशस्तै रहेको भनेर पुटिनको पुरै बचाउ गरे। यो अभिव्यक्तिको रिपब्लिकन लगायत थुप्रैले आलोचना गरे। उनले इराक युद्धको प्रसंग प्रस्तुत गर्दै इराक युद्धमा मारिएका व्यक्तिहरुको जिम्मा अमेरिकाले लिनु पर्ने आसय समेत व्यक्त गरे।

1

ट्रंपले लामो शुरु देखि नै ३० देखि ५० लाख गैर कानुनि आप्रबाशीहरुले अमेरिकी रास्ट्रपतिको चुनावमा भोट हालेको दावी गर्दै आएका थिए। बिल ओ राइलीको सोहि प्रश्नमा उनले फेरी आफ्नो उही धारणा दोहोर्याएका छन्। मरेका मान्छे, दुइटा राज्यमा मतदान गरेका र गैर कानुनी गरी त्यो संख्या पुग्ने दावी गरे।

आप्रबासी सम्बन्धि उनको कार्यकारी आदेश अहिले चर्चा र बिबादको चुलीमा छ। सियाटलको अदालतले उनको आदेश रद्ध गरिदिए पछि उनि क्रुद्ध छन्। आफ्नो देशमा को आउने वा को नआउने भन्ने निर्णय समेत गर्न नसकिने अवस्था रहेको र यदि भोलि केहि दुर्घटना भएमा अदालत र त्यस्तो निर्णय गर्ने न्यायाधिश जवाफदेहि हुनु पर्ने संदेश दिएर ट्रंपले आगामी दिनमा अदालत संग पौंठे जोरी खेल्ने मुडमा रहेको स्पस्ट संकेत गरेका छन्।

ट्रंपको आदेश र नेपालीहरु बीचको अन्योल

डोनाल्ड ट्रंपले आफ्नो चुनावी अभियानको क्रममा गैर कानुनी आप्रबाशीहरुलाई उनीहरुकै देश फिर्ता पठाउने घोषणा गरेका थिए । मेक्सिकोको सीमामा पर्खाल लगाउने घोषणा पनि उनले त्यति बेलै गरेका हुन्। मुस्लिमहरुलाई अमेरिका प्रबेशमा अस्थायी रुपमा रोक लगाउने उनको चुनावी अभियानको प्रमुख नारा नै हो। उनि र उनको मन्त्रीमंडलमा रहेका व्यक्तिहरु आप्रबाशी प्रति अनुदार रहेको उनीहरुको बिगतबाट पनि स्पस्ट रुपमा देख्न सकिन्छ। यी र यस्तै कुराहरुलाई आधार बनाएर कतिपय नेपाली अनलाइन मेडिया र सामाजिक संजालमा भ्रामक समाचारहरु प्रेषित भैरहेका छन्। कतिपयले ट्रंपका गतिविधिलाई अतिरंजित त कतिपयले अति सामान्यीकरण गरेको पाइन्छ।

वास्तवमा ट्रंपको आदेश लागु भए पनि वा नभए पनि कानुनी रुपमा बसोबास गरेका नेपाली आप्रबशिहरुलाइ कुनै असर पर्दैन । जातीय, धार्मिक वा क्षेत्रगत रुपमा पनि नेपाल त्यो बर्गिकरण भित्र नपर्ने हुनाले नेपालीहरु डराउनु पर्ने कुनै कारण छैन। अनलाइनहरुले प्रेषित यस्ता समाचारहरुमा कुनै सत्यता छैन। अर्को तर्फ ट्रंपका नीतिहरूले नेपाली आप्रबाशीहरुमा कुनै असर पर्दैन भन्ने खालको धारणा पनि सहि होइन। कानुनी रुपमा बसेका व्यक्तिहरुलाई कानुनी समस्या त पर्दैन तर आप्रबाशीमाथिको दृस्टीकोण नकारात्मक हुँदा, आप्रबास सम्बन्धि कानुनमा आउने कुनै पनि परिबर्तनले नेपाली आप्रबाशीहरुलाई पक्कै असर पर्छ। त्यसको कानुनी भन्दा बढी मनोबैज्ञानिक असर पर्ने देखिन्छ। आप्रबाशी बिरोधि जमात अमेरिकामा पनि ठुलो छ। आफ्नो जागिर विदेशीले खाइदिएको भन्ने आरोप लगाउने थुप्रै अमेरिकीहरु छन्। ट्रंप रास्ट्रपति भए संगै उनीहरुको मनोबल बढेको छ र उनले बिदेशी प्रति अनुदार व्यवहार प्रदर्शन गर्न सक्छन। जो जसले जति ट्रंपको प्रबक्ता जस्तै गरी विचार व्यक्त गरे पनि अमेरिकामा पनि अझै छाला हेरेरै धेरै कुरा व्यवहार गर्ने गरिन्छ। तिनीहरुको पनि छाला नेपाली वा बिदेशीको जस्तै भएको अबस्थामा एक वा अर्को रुपमा विभेद र हिंसाको मुकाबिला गर्ने पर्ने देखिन्छ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907