स्पेन र पोर्तुगलका नेपालीहरुको साझा माग : सरकार दुताबास दे

भोला लामिछाने , यूरोप

स्पेन र पोर्तुगलमा राजदुताबास स्थापनार्थ नेपाल सरकारले चासो लिएको छैन। दशकौ भै सक्दा पनि स्पेन र पोर्तुगल मा नेपाल सरकार ले दोहोरो राजदुताबास स्थापनार्थ कुनै पनि कदम अगाडी सारेको छैन। दिनानुदिन बढ्दै गैरहेको गैर आवासीय नेपालीहरुको संख्या र त्यहाका उत्पन्न समस्या हरुलाई लाई मध्यनजर गर्दै नेपाल सरकारले दुताबास स्थापनार्थ गर्नु पर्ने हो तर गरेको छैन। गैर आवसीय नेपालीहरुको संन २००७ अघि देखि नै प्रयास। स्पेन , पोर्तुगलमा बसोबास गर्ने गैर आवासीय नेपालीहरु दुवै देशमा राजदुताबास स्थापनार्थ लागी सन २००७ देखि नै लागि परेका हुन् । विदेश स्थित कुटनीतिक नियोगका उच्च पदाधिकारी ज्यू हरु ,पररास्ट्र मन्त्रालय लगाएत सबै जसो मन्त्रालयका सरकारी कर्मचारी ,नेता हरु देखि अभिनेता सम्म भेटघाट अन्तरक्रिया गर्न देखि खादा माला लगाउन कसैलाई बाकि राखेका छैनन्। यूरोपका विभिन्न देशमा अबस्थित दुताबासमा महामहिम राजदुत ज्यूहरु फेरिए लगतै सकी नसकी भेटघाट गरेकै छन, बिन्ति पत्र चडाए कै छन्। तर हातमा लाग्यो शुन्य।

 

एन आए एन का सभा सम्मेलनका घोषणापत्र मा राजदुताबास स्थापना। विदेशमा बसेका सबै नेपाली हरुको छाता संगठन ले चिर परिचित नेपालीहरुको साझा सस्था एन आर एन का विभिन्न समयमा आयोजना हुने गरेका राष्ट्रिय , क्षेत्रिय एवं अन्तरास्ट्रिय सभा सम्मेलन हरुमा अटाएका घोषणा पत्र हरुमा स्पेन पोर्तुगलमा राजदुताबास स्थापना भन्ने शब्द नौलो होइन र सायद मानिदैन होला यसबाट सबै एन आर एन अभियन्ताहरु चिर परिचित नै छन्। सम्मेलनमा एजेन्डा उठाउने अनि छलफल गरी घोषणा पत्र बनाउन खप्पिस हाम्रा एन आर एन अभियन्ता हरु सग पनि उत्तर छैन कहाँ गएर बसेका छन् ती हाम्रा एजेन्डा हरु र कति दगुर्न सफल भएका छन् कार्यान्वनहरु ? सम्बन्धित निकायले चासो लिएको देखिएको छ छैन कसैलाई पत्तो छैन ।

पेरिस स्थित नेपाली दुताबासमा धेरै धाए

यूरोप महादेशका धेरै देशका गैर आवासीय नेपालीहरुको माग पनि स्पेन र पोर्तुगलमा राजदुताबास स्थापनार्थ बनिसकेको छ। स्पेन , पोर्तुगलमा गैर आवासीय नेपाली संघ लगाएत राजनैतिक , क्षेत्रिय , सामाजिक , जातिय संघ सस्था हरु पनि राजदुताबास स्थापनार्थ खुबै ओहोर दोहोर पनि गरे तर ती ओहोरदोहोरहरु निकम्बा साबित भए कसैले माखो मारेको देखिएन। पेरिस दुताबास धाउदाका तस्बिरहरु केवल फेसबुक र टुइटर का भित्ता हरुमा सिमित भएर बसे उता नेपाल सरकार भने मौन बसेको छ।

दुताबास स्थापनार्थ स्पेन र पोर्तुगलका नेपालीहरुको सामाजिक संजालमा झगडा

15978626_1595529160473551_1912703961_n

Bhola Lamichhane

जब डेनमार्कको कोपन्हेगनमा नेपाली राजदुताबास बन्द हुने अबस्थामा आयो त्यही मौका पारेर स्पेन र पोर्तुगल मा बसोबास गर्ने नेपाली हरु कोपन्हेगनको राजदुताबास आफ्नो ठाउँमा सार्नु पर्छ भनेर आ आफ्ना फेसबूकमा तर्क बितर्क गर्दै आफन्त आफन्त दाजु भाई, दाजु भाइ हरु बास्तबिकतामा नगई र नबुझिकनै झगडा गर्न थाले। यो कत्तिको जायज हो बुज्नु जरुरि छ। जहाँ भए पनि समस्या आखिर समस्या हो। समस्या उत्पन्न भयो भने एक न एक नेपालीलाई नै पर्ने हो। पोर्तुगलको समस्या चाही समस्या तर डेनमार्क स्पेनको समस्या चाही समस्या होइन ,यूरोपको रेसिडेन्सीको लागि अहिले २ ,४ महिना डेनमार्क आएको बिधार्थी भोलि स्पेन पोर्तुगल जान बाध्य हुनु पर्दैन ? अनि डेनमार्क छदा राजदुताबास चाहिने लाई भोलि स्पेन पोर्तुगल हुदा कागजी कारबाहीको लागि कहाँ जाने ? ,डेनमार्क गएर हुन्छ ? बेल्जियममा रेसिडेन्सीको लोभमा आफ़ो देशकै पासपोर्ट च्यातेर बर्षौ सम्म केष गरेर बसेको नेपाली पछिल्लो समस्यामा कहाँ जाने ? यस्ता सयौ समस्या हरु छन् सबै ठाउँका समस्या साझा छन्। त्यसकारण स्पेन पोर्तुगल यो त्यो भन्ने होइन सबै ठाउमा रहेका आफ्नो जनता हरुलाई राज्य ले ध्यान दिनु पर्दछ समान व्यवहार गर्नु पर्दछ र यो राज्यको दायीत्व पनि हो।

रास्ट्रपती ,प्रत्येक सरकारका मन्त्रि , पत्रकार सबैलाई भेटे अब कोही बाकी छैनन्। स्पेन तथा पोर्तुगलमा खुलेका विभिन्न राजनीतिक जातीय क्षेत्रिय एवं सामाजिक सबै खाले संघ सस्था हरुका प्रतिनिधिहरुले आफ्ना पार्टीका ठुला नेता ,प्रधान मन्त्रि, मन्त्रि गण ,पत्रकार लगायत राज्यका उच्च पदस्थ अधिकारी हरु भेट्न पर्ने कसैलाई बाकी राखेका छैनन् हस्ताक्षर र ज्ञापन पत्र पनि कति बाडिए बाडिए केहि लेखोजोखा नै छैन। तर नेपाल सरकार मौन छ बोल्ने ब्यक्य फुटेको छैन दुधे बालक जस्तो बनेर।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907