अमेरिकामा पौष शुक्ल पूर्णिमा जनवरी ११ मा पर्ने : (श्री स्वस्थानी व्रत प्रारम्भ) एक जानकारी
हाम्रो पात्रो” को लेखबाट….
हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रिशुल तरवार अनि कमलको फूल रहेका छन् ।
सनातन सस्कारलाई धर्मसित जोडिनु भन्दा पनि सभ्यताकाक्रम सित जोडिनु जरुरी छ,
अष्ट मातृका अर्थात आठवटा देवीको विचमा रहनुभएकी स्वस्थानी माताको महिमा अपरम्पार रहेको छ।
हिन्दु सँस्कारमा धेरै जसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन्, जस्तै श्रीमद्भगवत् गीता कृष्ण र अर्जुन वीचको संवाद हो भने स्वस्थानी व्रतकथा शिवजीका जेष्ठ सुपुत्र कुमारजीले अगस्त्य मुनिलाई सुनाउनु भएको हो ।
भगवान शिवजीको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमाका दिनवाट हिन्दु परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा सुनाउने चलन छ ।
पौष शुक्ल पूर्णिमामा सुरुभएको यो व्रतकथाका ३१ अध्यायहरु प्रतिदिन वाचनगरी अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । महिला या पुरुष जो भए पनि समान रुपमा यस व्रतकथा श्रवण गर्न र महिनाभरि व्रत लिन सक्छन् । यसरी व्रत लिँदा एक छाक मात्र चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने गरिन्छ ।
सतिदेवी दक्ष प्रजापतीकी छोरी हुन् तर दक्ष प्रजापतीले अन्य देवगणका अगाडी सतिदेवीका पति भगवान् शिवजीको अपमान गरेपछी, आवेगमा सतिदेवीले अग्निकुण्डमा हामफालेर देहत्याग गर्दछिन् । जल्दै गरेको उनको शरीरलाई बोकेर महादेवले भावविह्वल भएर संसार परिक्रमा गरेका छन्, यसरी परिक्रमा गर्दा सतिदेवीका शरीरका अगंहरु क्रमैसँग धर्तीमा झरेको र ती अगंअनुसार शक्तिपीठहरू वनेको ज्वलन्त उदहारणहरु आज पनि प्रत्यक्ष छन् । सतिदेवीको शरीरको अन्तिम अशं झरेर गुहेश्वरी पीठ भएको, त्यस्तै उन्को कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको, विजयपुरमा दाँत झर्नाले दन्तकाली पीठ भएको , जम्मु कश्मिरको त्रिसन्देश्वर पीठमा सतिदेवीको घाँटी झरेको र यस्तै श्रीलंका अनि बग्लादेशमा पनि सतिदेवीका अंग पतन भई धेरै शक्तिपीठहरू उत्पन्न भएका अद्यपि प्रत्यक्ष छन् ।
उनै सतिदेवी कालान्तरमा हिमालयकी पुत्री पार्वती बनेर जन्म लिएकी र पार्वतीले शिवजीलाई पति (वर) पाउँ भनेर श्री स्वस्थानी माताको व्रत बसेकाले शिवजी सँग विवाह भएका कुराहरु पनि उल्लेखित छन् । गोमा व्राह्मणीको कथाले प्राचीन समयमा पनि वालविवाहका नराम्रा असरहरू प्रस्तुत गर्दै वालविवाह बारे जनचेतना फैलाएको छ । प्रजनन स्वास्थ्यका वारेमा समेत खुलेर विविध उदहारणमार्फत ब्याख्या गरेको यो व्रतकथाले गणेशको शिरभेदन, संसारको श्रृष्टि अनि शिव पार्वती सम्बन्धका कुराहरुमार्फत धेरै ठाँउमा नारी पुरुष विचको लैगिंक समातनाको वकालत पनि गरेको छ ।
समापनका अवसरमा धेरै ठाउमा मेला लाग्ने गर्दछ, व्रतालुको घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम वस्ने चलन पनि छ । भक्तजनको धेरै उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईलाक्रियाकलापहरु पनि गरिन्छन् ।
जय स्वस्थानी माता