युवा संघ अध्यक्षको हत्या, लुम्बिनी बन्दको घोषणा
युबराज कंडेल,
युवा संघ रुपन्देहीको अध्यक्ष दुर्गा तिवारीलाइ सोमबार दिउँसो साढे तीनबजे अज्ञात समुहले गोलि प्रहार गरि हत्या गरेको छ। देवदह नगरपालिकाका स्थायी वासिन्दा तिवारीलाई आफ्नै घर देखि ५०० मिटर नजिकै अज्ञात समुहले गोलि हानि फरार भएको थियो। गोलि प्रहार पछी गैते भएका तिवारीलाई स्थानीय देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्या भएपछि अहिले बुटवल क्षेत्र तनावग्रस्त बनेको छ। हत्या लगत्तै स्थानीयवासी र युवा संघका कार्यकर्ताहरु विरोधमा उत्रिएका छन्। आक्रोसित कार्यकर्ताहरुले नवलपरासीको गैडाकोट देखि पश्चिम सालाझंडी सम्मका मुख्य बजारहरुमा प्रदर्शन र चक्काजाम समेत गरिरहेको स्थानीय एफएमहरुले जनाएका छन्। साँझपाख आक्रोशित युवासंघका कार्यकर्ता तथा एमाले निकट युवाहरुले बुटवलमा प्रदर्शन गरी बन्द गरेका छन्। विरोधमा उत्रिएका युवाहरुले बुटवलको राजमार्ग चौराहमा रहेको प्रहरी विटमाथि तोडफोड र आगजनी प्रयास गरेका छन्। युवासंघले रुपन्देही जिल्ला अनिश्चितकालिन बन्दको घोषणा गरेको छ । युबा संघ रुपन्देहीका सचिव नकुल शाही द्वारा प्रेषित विज्ञप्तिमा हत्यारालाई कारवाही नभएसम्म जिल्ला बन्द हुने जनाइएको छ। हत्यारा पक्राउको माग गर्दै अहिले पनि बुटवलमा प्रदर्शन गरिरहेका छन्।
संविधान संशोधन विरुद्ध आव्हान गरिएको तीन दिने आमहड्तालपछि सहज बनेको जनजीवन फेरि असहज बन्ने देखिएको छ ।