गायक तथा संकलक बुद्धिकृष्ण लामिछानेलाई संगीतकर्मी कल्याणकारी कोषबाट १५ हजार १ सय ११सहयोग : एक बर्ष सम्मकोे औषधी खर्च जुटाउने प्रतिबद्धता
घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर ,गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु ,पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर जस्ता चर्चित गीतका गायक तथा संकलक बुद्धिकृष्ण लामिछानेलाई संगीतकार संघ नेपालको संगीतकर्मी कल्याणकारी कोषबाट आर्थिक सहयोग गरिएको छ । लामिछानेलाई उहाँकै निवास नगरकोट नगरपालिका बागेश्वरी पुगेर नगद १५ हजार १ सय ११ हस्तान्तरण गरिएको हो । संगीतकार संघका पदाधिकारी र पत्रकार को उपस्थितिमा लामिछानेलाई सहयोग रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष लक्ष्मण शेषले उहाँले प्रयोग गर्दै आएको औषधीको एक बर्ष सम्मको खर्च संघले जुटाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उच्च रक्तचाप र मधुमेह बाट दाहिने भाग प्यारालाइसिस हुदा उहाँ घर बाहिर निस्कन सक्नु भएको छैन । बिगत दश बर्ष देखी बिरामी पर्नु भएका उहाँले मासिक झण्डै १० हजारको औषधी सेबन गर्नु पर्ने लामिछानेको परिवारले जानकारी दिएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा देश बिदेश बाट रकम जम्मा हुदै गर्दा एउटा श्रष्टाको औषधी खर्च जुटाउन सक्ने हिम्मत मिलेको अध्यक्ष शेषले बताउनु भयो ।
आर्थिक अवस्थाका कारण उपचारमा कठिनाइ भएको स्वास्थ्य समस्या दिनानुदिन जटिल बन्दै गएको परिवारका सदस्यको भनाई छ । २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा किसान परिवारमा जन्मेका लामिछानेलेलोक गायकको रुपमा लामो समय सम्म रेडियो नेपालमा योगदान दिनु भएको छ । उहाँले हिजो आजका कुरा , तितो सत्य लगायतका नेपाली टेलिशृङ्खलाहरुमा पनि अतिथी भूमिका निर्वाह गर्नु भएको छ । संगीतकर्मी कल्याणकारी कोषका तर्फबाट सहयोग रकम हस्तान्तरण गर्ने कार्यक्रममा संगीतकार संघका उपाध्यक्ष आलोक श्री महासचिव महेश खडका ,कोषाध्यक्ष हरी लम्साल, सदस्य शुनिल मास्के ,पारश मुकारुङ,मिलन मोक्तान, संघका कानुनि सल्लाहकार एबं गीतकार राम भटटराई। संघका प्रेस सल्लाहकार एबं गीतकार लोकराज अधिकारी,र पत्रकार सिताराम बडालको उपस्थिति थियो । यस अघि प्रस्तोता समाज नेपालले पनि उहाँलाई आर्थिक सहयोग गरिसकेको छ ।