पृथ्वीको बीच भागमा १५७ औं रक्तदानः फरक अनुभुति

अर्जुन मैनाली, न्युयोर्क एक्वाडोर ।

विश्वका करिब ४० देशका बिरामीहरूले उपचार गर्न आवश्यक रगत सजिलै पाउँदैनन् । त्यसमध्ये दक्षिण अमेरिकाको एक्वाडोर पनि एउटा देश हो । त्यहा करिब ४० प्रतिशत बिरामीहरूले रगत पाउँदा रहेनछन । मैले तीन महिनाअघि अफ्रिकाको मलावीमा अगष्ट २०, २०१६ मा रक्तदान गरेको थिएँ । औलो प्रभावित देश गएकाले अमेरिकामा एक वर्षसम्म रगत दिन पाइँदैन । त्यसैले मैले पृथ्वीको बीच भागको एक्वाडोरका युवाहरूलाई रक्तदान गर्न हौसला प्रदान गर्न नोभेम्बर २२, २०१६ मा १५७ औं रक्तदान गरे ।1

एक्वाडोर पुगेकै दिन नोभेम्बर २१, २०१६ मा राजधानी कुइटोको रक्तसंचार सेवामा गएँ । न्युयोर्कभन्दा कुइटो उच्च अल्टिच्युट स्थानमा रहेकाले मेरो ब्लड प्रेसर बढेर डाइसिश्टोलिक ११५ भएछ । रगत दिन १०० भन्दा कम हुनुपर्छ । न्युयोर्कदेखि एक्वाडोरका युवाहरूलाई रक्तदान गर्न उत्साहित गर्न आउनु र आफुले रक्तदान गर्न नपाउँदा धेरै खल्लो लाग्यो । सामान्यतया मेरो ब्लड प्रेसर हाइ नै छ । त्यसलाई नियन्त्रण गर्न हरेक दिन बेलुका ५० एम जी को मेटोप्रोलोल औषधि खाने गरेको छु । मन खिन्न पार्दै होटलमा बेलुकाको खाना खाइवरि करिब ९ बजेतिर सुत्न गएँ । रातको १२ बजिसक्यो निन्द्रा पर्दै परेन । त्यसपछि चिसो पानीले आधा घण्टा जति नुहाएपछि पुनः ओछ्यानमा गएँ । निदाउन आँखा बन्द गरे, तर सकिन । धेरै समयपछि बल्ल उज्यालो भयो । सात बजेतिर फेरी नुहाइवरि होटलको लवीमा बसें ।

अघिल्लो दिन रक्तसंचार सेवामा मलाई भाषाको समस्या परेको थियो । एक्वाडोरका मानिसहरूले स्प्यानिस भाषा बोल्छन । अंग्रेजी बुझ्दैनन् । त्यसैले एउटी दोभाषेलाइ २५ डलर तिरेर आधा दिनका लागि सहयोग लिई पुनः रक्तदान गर्न गएँ । त्यहा उपस्थित भएका युवा-युवतीहरूलाई आफ्नो रक्तदानबारे अनुभव सुनाउँदै मैले पनि १५७ औं पटक रक्तदान गरे । कार्यक्रमपश्चात करिब १ घण्टा टाढा पृथ्वीको मध्य भागमा रहेको एक्वाडोर लाइन र ल्याटिच्युट ०-०-० भएको स्थानमा गएँ । आफ्नो पाइला लाइनमा राखे । एक्वाडोरको मनुमेन्टमा एउटा तराजु रहेछ । त्यसमा मेरो तौल पृथ्वीको बिच भागमा १८३ पाउण्ड, नर्थ पोलमा १८५, चन्द्रमामा २९३ र सूर्यमा ५१३९ पाउण्ड हुने देखायो । मैले अब यो ब्रह्माण्डमा जाने ठाउँ र रक्तदान उत्प्रेरणा गराउन काहीं बाँकि रहेन। सबै ठाउँमा गरे; पृथ्वीको पश्चिम उत्तरी भाग अलाश्का, पूर्वी दक्षिणी भाग अष्ट्रेलिया, मध्य भाग एक्वाडोरसहित छ वटै महादेशका दशौँ हजारमा रक्तदान गर्न हौसला प्रदान गरेँ । त्यति मात्र होइन, आफ्नो शरीरको अमुल्य रक्तदान गरि ति ठाउँहरूका बिरामीहरूलाई बचाउन सहयोग पनि गरेँ । अर्को अर्थमा मेरो रगत र जिन संसार भरि फैलिएको जस्तो अनुभुती भयो ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907