भारतीय रास्ट्रपतिको भ्रमण: नेपाली जनताको आक्रोश सामाजिक संजालमा
भारतीय प्रधानमन्त्री प्रणब मुखर्जी नेपालको तीन दिने भ्रमणमा आएका छन् । नेपाल सरकारले उनि आउँदाको दिनलाई सार्बजनिक बिदा पनि दिइसकेको छ । त्यस्तै जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि तय गरिएको छ । सरकारी स्तरबाट यो सब काम भैरहंदा सामाजिक संजाल भने बिभिन्न कुराहरुले भरिएको छ । खासगरी फेसबुक र ट्विटरमा नेपालीहरुले आक्रोस पोखी राखेका छन् । पहिलो त भारत प्रति आम नेपालीहरुको नकारात्मक भावना थियो नै त्यसमाथि बाटो बन्द गरेर सवारी चलाउने र बिदै दिने सरकारी निर्णय सडकमा नपोखिए पनि सामाजिक संजालमा भने पोखेरै छोडे । ट्विटरमा लम्पसारबाद, ब्याक अफ इंडिया, इन्डियन प्रेसिडेन्ट नट वेलकम जस्ता शब्दहरु ट्रेण्डिङ्ग भए । सामाजिक संजालमा कसले के भने त ? उनीहरुकै शब्दमा :
शिकागोबाट सुमन वस्ती नाकाबन्दी नभुलेको उल्लेख गर्दै आफ्नो फेसबुक वालमा लेख्छन :
नेपालको संविधानको स्वागत गरे भनेर भारतका भरियाहरु भट्ट्याउदै छन् ! बरु पोहोर नाक मुख अचेटिने गरि गरेको नाकाबन्दी गलत थियो गल्ती भयो भनेर माफी मागे राम्रो हुने थियो ! सुरक्षा परिषदको सदस्यमा भोट नहाल्लान भनेर फकाउन आएका हुन् !! इतिहास हेर्ने हो भने प्रणब मुखर्जी नेपालका खासै राम्रा मित्र होइनन ! पोहोरको तिहारको लगत्तै पछि आएको भए जनताले देखाइदिन्थे कसरि स्वागत गर्ने भनेर तर नेपाली जनता सोझा छन् बर्ष दिन मै सबै भुली दिन्छन !! सत्ताको खेलमा चाहि पक्कै फाइदा होला ! किन भने नेपालमा जति राजनैतिक अस्थिरता मच्चाई दियो, त्यति साँध सिमा मिच्न पाइञ्छ नि ! #lapampasaarbad# #backoffindia#
त्यस्तै वेको टेक्सासबाट खोलाघरे साहिंलाले कवितामा सरकारलाई झटारो हान्दै आफ्नो फेसबुक वालमा यसरी भावना पोख्छन: नाकाबन्द गर्याे ,अभाव चुलियाे बिर्स्याै कि पाेहाेरकाे ?
हाम्रो भूमि मिचेर लान्छ जहिल्यै पाखण्ड गर्दै ठुलाे
साँखुल्ले अहिले छ त्याे तर तिमी उस्कै बन्याै सेवक
नेता ! छैन गिदी ? कि छाै नकचरा ? गर्छाै बडाे स्वागत !
त्यस्तै डालस टेक्सासबाट सुमन काजि ह्यास ट्याग लम्पसारबाद सहित लेख्छन:
“पोहोरका बहादुर अच्छे नही थिए
अहिलेका त् सारै भलादमी हे !” 😛 #लम्पसारवाद
किष्णले ट्विट गर्छन : तिमीले औषधि बन्द गर्यौ, तिमीले दानापानि बन्द गर्यौ, तिमीले हामीलाई मार्न खोज्यौ, हामी तिम्रो दुर्ब्यबहार नीतिलाइ घृणा गर्छौं ।
दिपक सर ट्विट गर्छन : प्रचन्नको अयोध्या प्रतिको यो अन्धभक्त देखेर हनुमान पनि गालाँ हात लाउँदै सोच्दाहुन्,थुक्क!केही त सिक्नै बाँकी रैछ ।
यसरी जनता सामाजिक संजालमा आफ्नो असन्तुस्टी पोखिरहेका छन् भने सरकार नेपाल भारत सम्बन्ध सुध्रेको दावी गरेको छ । तर परिस्थिति ठिक उल्टो देखिन्छ । जहिले सम्म भारतीय शासकहरुमा नेपाललाइ सानो भनेर हेप्ने प्रवृति रहन्छ, त्यो बेला सम्म नेपाल भारत सम्बन्ध जनस्तरमा सुमधुर हुने सम्भावना निकै कम छ । नेपाली सत्तामा प्रत्यक्ष हस्तक्षेप गर्दा पनि आफ्नै नेताहरुको बिरोध गरेर बसेका नेपाली जनता नाकाबन्दीमा उत्रे पछि भारत प्रति मन मरेको हो । भुकम्पले थलिएर बसेको बेला आपूर्ति बन्द गरेर अमानबिय कार्य गरेको भारतले भ्रमण गर्दैमा चोखो बन्छु भन्ने भ्रम पाल्नु झन् उदेकलाग्दो हो ।