डालसमा नेजाले समुदायसंग बिशेष अन्तरक्रिया गर्ने
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सासको डालसमा एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी आइतबार अर्थात् अक्टोबर ३० तारिकका दिन नेपाली मन्दिरको सभाहलमा दिउसो १२ बजे देखि आयोजना गरिने उक्त अन्तरक्रियामा प्रबाशमा रहेका पत्रकार र उनीहरुबाट समुदायले गरेको अपेक्षा एबम उनीहरुका चुनौतीबारेमा नेपाली समुदायमा रहेका संस्थाहरुसंग अन्तरक्रिया हुने कुरा नेजाका अध्यक्ष भोला आचार्यद्वारा प्रेसित इमेलमा जनाइएको छ।
लामो समय देखि डालसमा बिभिन्न तरिकाले पत्रकारहरु सक्रिय छन्। पत्रकार भए पनि पत्रकारिता गरेरै जिउ धान्न नसकिने अबस्थामा उनीहरु कसरि अरु बढी प्रभावकारी रुपमा समाजको हितमा प्रस्तुत हुन सक्छन भन्ने बिषयमा समेत छलफल हुनेछ। नेपालीहरुको संख्या बढ्दै गएको डालस फोर्ट वर्थ क्षेत्रमा विसंगति, झैझगडा र वैमनस्यता पनि बढ्नु स्वाभाविक हो। त्यसमा पत्रकारले केहि भूमिका खेल सक्छ वा सक्दैन भन्ने पनि छलफलको बिषय हुनेछ। नेपालको राजनीति र नेपाली नेताहरुको प्रत्यक्ष र अप्रत्यक्ष उपस्थिति यहाँ हुने गर्छ। त्यस्तो अबस्थामा पत्रकारहरुले कसरि स्वतन्त्र विचार दिन सक्छन भन्ने कुरा पनि महत्वपूर्ण बिषय हो। त्यस्तै आफ्नो गुणगान मन पराउने तर आफ्नो कमजोरी औल्याउँदा गालि गर्ने दोहोरो चरित्र त्यहाँ बहस हुनेछ।
नेजाको उक्त अन्तरक्रियामा नेजाका अध्यक्ष भोला आचार्य को साथै डालस क्षेत्रमा सक्रिय पत्रकारहरु र नेपाली समुदायका बिभिन्न संघ संस्थाका प्रतिनिधि एबम इच्छुक सर्बसाधारणलाइ उपस्थित भएर आफ्नो विचार राख्नु हुन नेजाले सम्पूर्ण डालसबासि नेपाली दाजुभाई दिदीबहिनी सबैमा अनुरोध गरेको छ। उक्त अबसरमा संचारकर्मीहरु संग बसेर आफ्नो धारणा राख्न डालस क्षेत्रका नेपाली दाजुभाईहरु प्रतिक्षारत हुनुहुन्छ।
नेजा अध्यक्ष भोला आचार्यद्वारा प्रेसित इमेल यसप्रकार छ :