डालसमा नाटक प्रदर्शन

हिजो आइतबार अक्टोबर २।  ३ वटा कार्यक्रममा उपस्थित भैयो। त्यसै थुप्रै कार्यक्रम हुने डालसमा दशैंमा झन् ठुलो चाप हुन्छ। बिहान ७ बजे उठे पछि बेलुकी १० बजे सम्म ती तीनवटा कार्यक्रममा पुग्न भ्याएँ। सबै कार्यक्रम रमाइला थिए। सबै कार्यक्रम केहि न केहि सिक्ने खालका थिए। अनि गल्ति कमजोरी बाट पाठ सिक्नु पर्ने खालका थिए ।
खुल्ला भलिबल प्रतियोगिता

नेपाली समाज टेक्सासको आयोजनामा र अर्भिंग स्थित जोशिला युवाहरुको सक्रियतामा दशैको अवसर पारेर पुरुषहरुको लागि खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा डालस वरपरका ६ वटा टीमहरुको सहभागिता थियो। जसमा ट्याराण्ट काउन्टी रातो र अर्भिंग रातो फाइनलमा पुग्न सफल भएका थिए भने अर्भिंग रातोले अत्यन्त प्रतिस्पर्धात्मक खेलमा बिजयी भएको थियो। कार्यक्रमको उद्घाटन नेपाली समाज टेक्सासका उपाध्यक्ष कमल सापकोटाले रेफ्रीलाई भलिबल हस्तान्तरण गरेर गर्नु भएको थियो भने कार्यक्रम स्थलमा ढिलो पुग्नु भएका अध्यक्ष कृष्ण लामिछानेले सेमिफाइनल खेलको शुरुवात टीमका क्याप्टेनहरुलाई भलिबल हस्तान्तरण गरेर गर्नु भएको थियो।

समग्रमा कार्यक्रम सफल र रमाइलो भए पनि ब्यबस्थापकीय ब्यापक कमजोरीले खेल प्रभावित भएको देखिन्थ्यो। ९ बजे शुरु गर्ने भनेर प्रचार गरिए पनि बल्ल बल्ल १० बजे खेल शुरु भएको थियो। खेल ढिला शुरु हुनुमा आयोजकको ढिलासुस्ती संगै ९ बजे भनेमा १० बजे मरेको बिरालो काखी च्यापेर ठिमीको उकालो चढे जस्तो गरेर आएका उर्जाबिहीन खेलाडी पनि जिम्मेवार थिए। खेलकुदको पहिलो शर्त अनुशाशन हो जसमा समय पनि पर्छ, त्यो कतिपय खेलाडीमा देखिएन। त्यस्तै आयोजकको तर्फबाट राम्रो निर्णय गर्ने क्षमता र फलहरु हेर्ने क्षमता भएका रेफ्री नराखी अनाडिहरु राख्दा खेल संचालनमा अप्ठेरो परिस्थिति सिर्जना भएको थियो भने खेलाडीहरु पनि रेफ्रीको इज्जत ख्याल नराखी एक दुइ नम्बरको लागि बकबक गरेर खेलको मर्यादा उलंघन गरेका थिए। खेल आयोजना नगर्नु, गरे देखि अलि ब्यबस्थित भएर गर्नु पर्छ भन्ने अवाज सबैको सुनियो।

कबिता बाचन प्रतियोगिता

डालस एभरेस्ट लायन्स क्लब डालसको नेपाली समाजमा सक्रिय संस्था हो । यसले हरेक बर्ष दशैँको अवसर पारेर कविता प्रतियोगिता आयोजना गर्ने गर्छ । यसपाली पनि आयोजना गर्यो । थुप्रै कबि कबयित्रिहरुले आफ्ना रचना सुनाए। त्यसमध्यमा प्रकाश पाण्डेको कविता प्रथम भयो भने दोश्रो इश्वरी रिजाल र तेश्रो  रुबिना खनालको कविताले प्राप्त गर्यो। कार्यक्रममा लियो क्लबका युवाहरुले अंग्रेजीमा अप्रतियोगी कविता प्रस्तुत गरेका थिए भने दर्जनौ प्रतियोगी कविता प्रस्तुत गरिएका थिए।

कार्यक्रमको संचालन डालस लायन्स क्लबका पुर्ब अध्यक्ष एबम साहित्यकार शशि भट्टराईले गर्नु भएको थियो भने प्रथम पुरस्कार $१५०, द्वितीय $१०० र तृतीय हुनेलाई $५० को पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। अध्यक्षता डालस एभरेस्ट लायन्स क्लबका वर्तमान अध्यक्ष राधाकृष्ण काफ्लेले गर्नु भएको उक्त कार्यक्रममा लायन्स कै लायनहरुले परम्परागत नेपाली खाना पाहुनाहरुको लागि उपलब्ध गराउनु भएको थियो। अलि लामो भएको देखिए पनि कार्यक्रममा प्रतियोगीहरुको सहभागिता र दर्शकको सहभागिता राम्रो देखिएकोले आयोजकहरु खुसि देखिन्थे भने प्रबाशमा पनि नेपाली साहित्य प्रतिको रुचि र त्यसको प्रबर्धनमा लायन्सले गरेको कार्यक्रमले सबै सन्तुस्ट देखिन्थे ।

निशा र सुनिलको नाटक

जिन्दगीमा मैले यो स्तरको कलाकारको नाटक हेर्ने मौका पाएको थिइन। कलाकार निशा शर्माको याज्ञसेनी बेजोड प्रस्तुतिले सबै दर्शक मुग्ध बने। एउटा महिला पात्र महाभारतको कथा भित्र कसरि पिडामा बाचेको रहेछ भन्ने देखाउन खोजिएको यो नाटक महाभारतको अध्ययन नगरेका वा त्यो कथा नसुनेकलाई भने खासै बुझिने खालको थिएन। कसरि चंचल मन र अस्थिर मानबिय चाहनाहरुले एकजनासंग मात्र रहन सम्भव छैन भन्ने पनि यसमा देखाउन खोजिएको थियो। द्रौपदीले कृष्णलाई दिएको मन कहिले अर्जुन, कहिले कर्ण त अन्त्यमा भिमलाइ समेत सुम्पिन। शारीरिक रुपमा जो जसको हिस्सामा परे पनि महिलाहरु धेरै पुरुषलाइ आफ्नो जीवनमा मनमा राखेका हुन्छन भन्ने द्रौपदीको अस्थिर स्वभावको माध्यमबाट देखाउन खोजिएको छ।

त्यस्तै समाज, इज्जत र आफन्तको जन्जिर भित्र बाँधिएको कम्जोर पुरुष भन्दा जस्तो सुकै भए पनि पराक्रमी पुरुष महिलाले रुचाउँछन् र तिनीहरुलाई आफ्नो सर्बस्व सुम्पन तयार हुन्छन भन्ने कुरा द्रौपदीले व्यक्त गर्छिन। अन्त्यमा अन्याय बिरुद्ध बोल्ने भिम बरु ठिक रैछन भन्ने बुझेकी द्रौपदी आफुले माया गर्नेलाइ भन्दा आफुलाई माया गर्नेलाई रोज्नु पर्ने संदेश दिएर बिदा हुन्छिन। नाटक अत्यन्त शशक्त थियो, प्रस्तुति बेजोड थियो र लगभग एक घण्टा प्रस्तुत गरिएको नाटक सबैले ध्यान लगाएर हेर्नु भयो। नाटक सकिए पछि सुनिल पोखरेलको मिठो र रमाइलो गन्थन सबैले रुचिपुर्बक सुने । उनले आफ्ना जिन्दगीका भोगाइहरु तथा अरुका केहि रमिला कविता बाचन गरेर दर्शकलाई मनोरंजन प्रदान गरे ।


त्यसको लागि आयोजक अन्तररास्ट्रीय नेपाली साहित्य समाज र नेपाली समाज टेक्सासलाइ धन्यवाद दिनै पर्छ। अन्त्यमा प्रस्तोता बसु शर्माले कलाकारहरुलाई स्टेजमा प्रस्तुत गर्दै नेपाली समाज टेक्सास र अन्तररास्ट्रीय नेपाली साहित्य समाजको तर्फबाट उपहार समेत प्रदान गर्नु भएको थियो। अन्त्यमा साहित्य समाजको तर्फबाट भिम कार्कीले सबैलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नु भएको थियो।

 

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907