ब्लड डोनर्स अफ अमेरिकाको मे २५-२६ मा हुने सम्मेलन बारे पत्रकार भेटघाट सम्पन्न

मे १३, डालस। ब्लड डोनर्स अफ अमेरिकाको आगामी मे २५-२६ मा एट्लाण्टामा हुने सम्मेलन बारे जानकारी गराउने उद्देस्यले आज यहाँ एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो। बेड्फ़ोर्ड सिटि स्थित फिस्टेल रेस्टुरेन्टमा आयोजित उक्त भेटघाटमा डालस वरपर सक्रिय पत्रकारहरुका साथै अन्य स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डाक्टर नन्द रेग्मीको उपस्थितिमा भएको उक्त भेटघाट करिव एक घण्टा चलेको थियो।
भेटघाट कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष शिव काफ्लेले सबैलाई स्वागत गर्दै भेटघाटको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो भने रक्तदान जस्तो पबित्र सेवामा पत्रकारहरुका साथै समग्र समुदायको सक्रियताको अपेक्षा गरिएको जनाउनु भएको थियो। अहिलेको टेक्सास च्याप्टरको नयाँ कार्यसमिति आए पछि मात्र पनि पटक पटक रक्तदान कार्यक्रम मार्फत धेरै रगत संकलन गरिएको र यसले नेपाली समुदायको प्रतिष्ठा वृद्धि भएकोमा सन्तोस व्यक्त गर्नु भएको थियो।


कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डाक्टर नन्द रेग्मीले रक्तदानको महत्वबारे प्रकाश पार्दै एट्लाण्टामा हुने सम्मेलनले नेपाली समुदायबीच रक्तदानलाइ एक नियमित गतिविधिको रुपमा विकास गर्न आधार तयार हुने आशा व्यक्त गर्नुभयो। गतबर्ष डालसमा सम्पन्न सम्मेलनको नारा नेपाली समुदायको अमेरिकी समाजमा घुलमिल भन्ने थियो भने यसपटक ब्लड डोनर बनेर जीवनदाता बनौं भन्ने नारा रहेको जानकारी गराउंदै यो काममा सघाउन पत्रकारहरुलाई अनुरोध गर्नुभएको थियो। रगत दिंदा आफ्नो रगत घट्छ, कम्जोर भइन्छ भन्ने डर कतिपयमा व्याप्त भएकोमा नियमित रुपमा हुने रक्तदान कार्यक्रमहरुले त्यो भ्रमलाई केहि भएपनि चिर्न सफल भएको तर अझै धेरै काम गर्न बाँकी रहेको रेग्मीले जनाउनु भयो।
ब्लड डोनर्स अफ अमेरिकामा संलग्न हुनु भनेको केहि दिन तयार भएर आउने भएकोले यसमा पदको लागि मारामार नहुनेमा विश्वास व्यक्त गर्दै अर्को कार्यकाल कुनै सक्रिय व्यक्तिलाई जिम्मा लगाउँदा आफु खुशी हुने तर कोहि नभएको अबस्थामा संस्थालाई अलपत्र हुन नदिन आफु तयार रहेको समेत भावना व्यक्त गर्नु भएको थियो।


त्यस्तै बासु श्रेष्ठ, इरा आचार्य, अजय बगाले, बलराम पौडेल, गंगा थापा, लिला श्रेष्ठले पनि सम्मेलन सफल बनाउन भैरहेका गतिबिधिबारे पत्रकारहरुका जिज्ञाशाहरुको जवाफ दिनुभएको थियो।
रगत दानलाइ जीवनदान पनि भनिन्छ। एक पिन्ट रगतले ३ जनाको ज्यान जोगिन सक्छ। रगत लामो समयसम्म संचय गर्न पनि सकिन्न। रगत आफैमा परिबर्तन भैरहने भएकोले रगत दिंदा हानी पनि हुँदैन। त्यसमाथि रक्तदान गर्न मिल्छ कि मिल्दैन भन्ने चेक जांच समेत गरिने भएकोले आफुमा रहेका स्वास्थ्य समस्याबारे पनि यहि अबसरमा
थाहा पाउन सकिन्छ र बेलैमा उपचार गरेर ढुक्क हुन पनि रक्तदानले मद्दत गर्छ। यसरी हेर्दा रक्तदानले जीवनदान जस्तो समाजसेवा हुनुको साथै आफ्नो स्वास्थ्य समस्या समेत थाहा पाइने भएकोले रक्तदान गर्नु दुवै हातमा लड्डु हुने देखिन्छ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि

डालस टेक्सासको मन्दिरमा हुने नवाह महायज्ञको तयारी पुरा

टेक्सास नेपाली मेडिकल एसोसिएसनको गाला डिनर सम्पन्न

नेपाली गीतकार लोकराज अधिकारीलाई भोट गर्न गीतकार संघ नेपालको अपिल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907