यो बर्ष करोड भ्यूज कमाउने गीतकारहरु

२०७४ साल नेपाली सिनेक्षेत्र संगीतमय बन्यो । सिनेमामा समाबेश गीतहरुले सिनेमाको प्रचार प्रसार र ब्यपारमा पनि उल्लेख्य योगदान गरे । यस बर्षका केहि हिट सिनेमाहरुका गीत संगीतलाई दर्शकले अत्यधिक मनपराए जस्का कारण केहि गीतहरुले युट्युबमा करोडौँ भ्युज पाए । यस वर्ष लोकलयमा तयार भएका केहि रोमान्टिक गीतहरू दर्शको रुचिमा परेका छन । ति गीतहरु नै युट्युबमा सर्बाधिक कभर गरिने हरेकजसो साँस्कृतिक कार्यक्रममा गाइने नाचिने र बज्ने गीत बने । आज हामी यस बर्ष करोड भ्युज पाउने गीत र गीतकारका बारेमा चर्चा गर्दै छौ ।
लोकराज अधिकारी
यो बर्षको अन्तिमतिर प्रदर्शनमा आएको सिनेमा शत्रु गतेको रुपै मोहनी गीत छोटो समयमा करोड भन्दा माथीको भ्युज पाउने गीत हो । यो गीतले युट्युवमा दुई वटा रेकर्ड पनि राख्न सफल भयो । २४ घन्टामा सर्बाधिक ८ लाख ३२ हजार भन्दा बढि पटक हेरिने गीतको रेकर्ड बनाएको रुपै मोहनीले छोटो समयमा ५० लाख पटक हेरिने गीतको दोश्रो किर्तीमान पनि कायम गर्यो । यो गीतका गीतकार हुन लोकराज अधिकारी । अधिकारी डेढ दशक भन्दा बढि समयदेखि पत्रकारिता र गीति लेखनमा सकृय छन । उनले लेखेको तिम्ले पराई ठाने पछि पराई हुन के भयो र बोलको आधुनिक गीत मोवाइलको रिङ ब्याक टोनमा सर्बाधिक डाउनलोड भएर रेकर्ड राखेको गीत हो । रुपै मोहनी गीतमा संगीत टंक बुढाथोकीको रहेको छ भने स्वर बुढाथोकी र मिना निरौलाको रहेको छ । सार्वजनिक भएको ५३ दिनमा नै करोड भ्युज पार गरेको गीत यो समाचार तयार पार्दा सम्म १ करोड ५७ हजार पटक हेरिएको छ ।

राजनराज शिवाकोटी
नेपाली युट्युब इतिहासमा सर्वाधिक भ्युज पाउने गीत हो, सिनेमा २ रुपैया मा समाबेश ’कुटुमा कुटु’ । राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको उक्त गीतले युट्युबमा पाँच करोड ५६ लाख भन्दा बढि भ्युज पाएको छ । यस गीतमा राजनराजसँगै मेलिना राई र राजन इशानको स्वर रहेको छ । त्यस्तै, राजनराजकै ’चरी चट्ट परी’ पनि करोड भ्युज पाउने गीत हो । फिल्म ’कान्छी’मा समावेश यस गीतमा राजनराज र अन्जु पन्तको स्वर सुन्न सकिन्छ भने शब्द राजनराजकै हुन । यस गीतको भिडियोले युट्युबमा हलसम्म एक करोड ३९ लाख भन्दा बढि भ्युज पाएको छ । राजनराज शिवाकोटी गीतकार संगीतकार र गायकका रुपमा झण्डै दुई दशक देखी निरन्तर संगीत क्षेत्रमा कृयाशिल छन ।

डा कृष्णहरि बराल
चलचित्र ‘ए मेरो हजुर २’मा समावेश कसम हो कसम बोलको गीत पनि करोडमा प्रवेश गरेको छ । नेपाली गीत गजलका डाक्टर भनेर चिनिने बरिष्ठ गीतकार डा कृष्णहरि बरालको शब्द रचना रहेको यो गीतमा कल्याण सिंहको संगीत रहेको छ । यहि गीत बाट संगीतकार सिंह पनि करोडका संगीतकार बनेका छन । यस गीतमा सुगम पोखरेलको स्वर रहेको छ । यो गीत युट्युबमा एक करोड २६ लाख भन्दा बढी पटक हेरिएको छ ।

अर्जुन पोख्रेल
यस वर्ष रिलिज भएका गीतहरूमध्ये संगीतकार अर्जुन पोखरेलले संगीत गरेका तीन गीत करोड भ्युज कमाउन सफल भएका छन । अर्जुनका ’भन्छु आज’, ’तिमी रोएको पल’ र ’किन आजकाल’ करोड भ्युज पाउने गीत हुन् । ति मध्य अर्जुनको शब्द रचना ’तिमी रोएको पल’ले युट्युबमा करोड भ्युज पाएको हो । सिनेमा ’ऐश्वर्य’मा समावेश यस गीतले हालसम्म युट्युबमा एक करोड ४८लाख भन्दा बढि भ्युज पाइसकेको छ । गीतमा सुगम पोखरेल र अन्जु पन्तकै स्वर सुन्न सकिन्छ ।

दीपक शर्मा
आधुनिक र सिनेमा संगीतमा राम्रै संग जमेका संगीतकार हुन दीपक शर्मा । उनका आफ्नै शब्द रचनाका गीतहरु पनि बजारमा हिट छन । यस बर्ष सार्बजनिक भएको चलचित्र मंगलममा समाबेश गीत ’पर्ख पर्ख मायालु’ले पनि करोड माथीको भ्यूज पाएको छ । शर्माको शब्द र संगीतमा तयार भएको गीतले हालसम्म एक करोड ४८ लाख भन्दा बढि भ्युज पाइसकेको छ । गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको स्वर रहेको छ ।

सुदर्शन थापा
सफल निर्देशकका रुपमा स्थापित सुदर्शन थापा पनि यसबर्षका करोड भ्यूज कमाउने गीतकार बनेका छन ।
सिनेमा ’म यस्तो गीत गाउँछु’मा समावेश ’भन्छु आज’ले युट्युबमा एक करोड ४६ लाख बढी भ्युज पाएको छ । यो गीत सुदर्शन थापाले लेखेका हुन । गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर सुन्न सकिन्छ ।

अम्बिका शर्मा

अर्जुन पोख्रेलको स्वर संगीत तथा संगीत संयोजन समेत रहेको रहेको गीत ’किन आजकल“ पनि करोड क्लबमा छ । सिनेमा ’म यस्तो गीत गाउँछु’ मा समावेश यस गीतले हालसम्म युट्युबमा एक करोड १२ लाख भन्दा बढी भ्युज पाएको छ ।

प्रिन्स नेपाली र दीपकराज गिरी
‘छक्का पन्जा २’मा समावेश गीत ’ए दाजु’ सार्बजनिक भए लगत्तै विवादमा तानियो । तर दर्शकले अत्यधिक रुचाइदिए । सुरुमा अलमोडा राना उप्रेतीको संगीत रहेको भनिएको यस गीतलाई चोरीको आरोप लाग्यो । पछि यस गीतको संगीतकारमा कान्छा मगर नेपाली र प्रिन्स नेपालीको नाम राखियो । यस गीतमा शब्द प्रिन्स नेपाली र कलाकार दीपकराज गिरीको रहेको छ । गिरीले छक्का पञ्जा ३का लागि पनि आफैले एउटा गीत लेखेका छन । रेकर्डिङको क्रममा रहेको दिपक शर्माले संगीत गरेका छन । ’ए दाजु’ले युट्युबमा दुई करोड २० लाख बढी भ्युज पाएको छ । शत्रु गतेको गीत रुपै मोहनी आउनु पुर्व यहि गीतले २४ घन्टामा सर्बाधिक हेरिने गीतको रकेकर्ड बनाएको थियो । यस गीतमा सुजाता वर्मा र अल्मोडा राना उप्रेतीको स्वर रहेको छ ।

दिनेश राउत
निर्देशक दिनेश राउत पनि यस बर्षका करोड भ्यूज कमाउने गीतकार हुन । चलचित्र ’पर्व’मा समावेश ’काले दाइ’ बोलको आइटम गीतले नेपाली बजार राम्रैसँग ततायो । कोसिस क्षेत्रीको संगीत रहेको यस गीतले युट्युबमा करोड भ्युज पाएको छ । निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको गीतलाई निर्देशक राउतले लेखेका हुन । यो गीत हालसम्म युट्युबमा दुई करोड ३७ लाख भन्दा बढी पटक हेरिएको छ ।

प्रवेश मल्लिक
यस बर्ष प्रदर्शनमा आएको चलचित्र ’फाटेको जुत्ता’मा समावेश गीत ’आई एम भेरी सरी’लाई पनि करोड पटक हेरिएको छ । यस गीतमा प्रवेश मल्लिककै शब्द, स्वर तथा संगीत रहेको छ । यस भिडियोलाई हालसम्म युट्युबमा एक करोड २५ लाख बढी पटक हेरिएको छ ।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि

डालस टेक्सासको मन्दिरमा हुने नवाह महायज्ञको तयारी पुरा

टेक्सास नेपाली मेडिकल एसोसिएसनको गाला डिनर सम्पन्न




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907